थप ११११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ : नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १८३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ५६९ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











