Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३७७ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ११:  काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका २७०, ललितपुरका ६६  र भक्तपुरका ४१ जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाटअहिलेसम्म १८३ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ५६९ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्