Kathmandu Press

बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ: अर्थमन्त्री

विराटनगर,  वैशाख ६ : अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नु पर्ने बताएका छन्। 

....
बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ: अर्थमन्त्री

विराटनगर,  वैशाख ६ : अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नु पर्ने बताएका छन्। 

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नम्बर १ ले शुक्रबार आयोजना गरेको कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नु पर्ने बताएका हुन्। 

‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’, मन्त्री खतिवडाले भने,‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्न सके सफलता प्राप्त गर्न सकिन्छ।’ उनले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिए।  

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ऋणि सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गरे। 

कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने ९ जनालाई १० लाखदेखि १५ लाख रूपैयाँसम्मको कर्जा वितरण गरिएको थियो। रासस
 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, वैशाख ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्