बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, भदौ ११ : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–७, की ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
छातीमा समस्या आएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











