लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी गरिएको संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ ११ : लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी गरिएको एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो।
उनलाई साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो। उच्च रक्तचापको समस्या रहेकी महिलालाई अस्पतालकै कोरोनामुक्त भएका डा. साजन श्रेष्ठले प्लाज्मा दिएका थिए।
योसहित रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।
प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











