गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए कोरोनाका २५ नयाँ संक्रमित

काठमाडौं, भदौ ११ : गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका पाँच जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये पर्वतका एक पुरुष, बागलुङका पाँच पुरुष र तीन महिला रहेका छन्।
त्यस्तै लमजुङका एक महिला र तीन पुरुष, तनहुँको दुई महिला र सात पुरुष र नवलपरासीको तीन पुरुषमा संक्रमण पुष्टि भएको हो।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ७७ प’गेको छ।
प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











