Kathmandu Press

महाराजगञ्ज वृत्तका थप १३ प्रहरीमा कोरोना संक्रमण

महाराजगञ्ज वृत्तका थप १३ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, भदौ ११ : महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत थप १३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै महाराजगञ्ज वृतमा संक्रमित प्रहरीको संख्या २२ पुगेको छ।

यसअघि हत्या आरोपमा पक्राउ परेका एक जना थुनुवामा कोरोना देखिएको थियो। त्यसपछि कोरोना परीक्षण गर्दा उनको सम्पर्कमा आएका इन्स्पेक्टरसहित नौ जना प्रहरीमा संक्रमण देखिएको थियो।

संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १३ प्रहरीमा कोरोना देखिएको जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार संक्रमण देखिएका सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ। थप कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रहरीले जनाएको छ।

यसैगरि नेपाल प्रहरीको साईबर ब्यूरोका दुई जना प्रहरीमा पनि संक्रमण देखिएको छ। संक्रमण देखिएका दुई जनामध्ये एक इन्स्पेक्टर रहेको जनाएको छ।

 

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, भदौ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्