महानगरीय प्रहरी वृत्त महाराजगञ्जका २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ११ : महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत थप २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्तव्य ज्यान मुद्दाका आरोपिमा संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २२ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
वृत्तमा कार्यरत अधिकृतमा पनि संक्रमण पसष्टि भएको छ। साथै घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरी परीक्षण गरिएको छ।
अधिकांश संक्रमित प्रहरीको प्रहरी अस्पताल महाराजगञ्मा उपचार भइरहेको छ।
प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











