पोखरामा ३२ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

पोखरा, भदौ ११ : कोरोना भाइरसको संक्रमणबाट पोखरामा ३२ वर्षीया युवतीको मृत्यु भएको छ।
आज बिहान पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत युवतीको मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए। पोखरा महानगरपालिका–११ की उनी भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन्।
ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएपछि उनी भदौ ६ गते पोखराको कास्की सेवा अस्पताल भर्ना भएकी थिइन्। उनलाई आईसीयूमा भर्ना गरिएको थियो।
त्यहाँ आईसीयूमै उपचाररत तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो। उनलाई पनि कोरोना संक्रमण देखिएपछि भदौ ७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो।
आईसीयूमा राखेर उपचार भइरहेकी उनको आज बिहान मृत्यु भएको डा.आचार्यले बताए। उनका अनुसार युवतीमा कुनै दिर्गरोग थिएन।
प्रकाशित मिति: १०:३२ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











