पर्सामा कोरोना संक्रमणबाट दुई जना बृद्धको मृत्यु

वीरगन्ज, भदौ ११ : कोरोना भाइरसको संक्रमणबाट पर्सामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय र धोबनी गाउँपालिका–३ गुलरियाका ७२ वर्षीय पुरुषका मृत्यु भएको हो।
बहुअरीका ६२ वर्षीको आज बिहान ८ः१० बजे र गुलरियाका ७२ वर्षीयको बुधबार मृत्यु भएको जनाएको छ।
बहुअरीका ६२ वर्षी मिर्गौलाका बिरामी हुन्। उनी नियमित डायलासिस गर्दै आएका थिए। यहि क्रममा साउन ३० गते कोरोना संक्रमण देखिएपछि वीरगन्जस्थित नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा भर्ना भएका थिए।
उनको बिहीबार बिहान हेल्थ केयरमै उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
त्यस्तै, गुलरियाका ७२ वर्षीय बृद्ध पनि नारायण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनको बुधबार साँझ ६ः३० बजे मृत्यु भएको हो।











