Kathmandu Press

कोरोना संक्रमणबाट कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु 

कोरोना संक्रमणबाट कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु 

बुटवल, भदौ ११ : कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

ती पुरूष लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरूषमा गत भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, भदौ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्