चितवनमा थपिए २५ जना कोरोना संक्रमित

काठमाडौं, भदौं ११ : चितवनमा थप २६ जना कोरोना संक्रमित थपिएका छन्।
चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना कोरोना संक्रमित थपिएका हुन्। थपिएका नयाँ संक्रमितमा चितवनका २५ जना र तनहुँका एक जना रहेका छन्।
चितवन भरतपुर महानगरपालिकाका २ जना, रत्ननगर नगरपालिकाका १४ जना, माडी नगरपालिकाका ९ जना रहेका प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन।
प्रयोगशालाका अनुसार तनहुँको देवघाट गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: ०७:३१ बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











