भारतमा संक्रमितको संख्या ३३ लाख नाघ्यो, एकैदिन झण्डै ७६ हजार संक्रमित थपिए

काठमाडौं, भदौं ११ : भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
संक्रमितको यो संख्याका हिसावले हेर्दा एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा भारत रहेको छ ।
प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











