Kathmandu Press

'क्यानडा पठाइदिन्छु' भन्दै २१ लाख ठगी गर्ने तीन जना पक्राउ

'क्यानडा पठाइदिन्छु' भन्दै २१ लाख ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, भदौ १० : प्रहरीले क्यानडा पठाइदिने भनी २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै २१ लाख रुपैयाँ ठगी गर्ने सुर्खेतका २९ वर्षीय धुब्र थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो। 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख रुपैयाँ ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। प्रारम्भिक रुपमा खड्कासँग २१ लाख रुपैयाँ ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ। पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्