Kathmandu Press

प्रदेश नं १ मा थपिए कोरोनाका १०८ नयाँ संक्रमित

प्रदेश नं १ मा थपिए कोरोनाका १०८ नयाँ संक्रमित

विराटनगर, भदौ १० : पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा  १०८ जना कोरोना संक्रमित  थपिएका छन्। संक्रमितमध्ये महिला ३६ र पुरुष ७२ जना रहेका छन्।

जसमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एकएक जना छन् भने प्रदेश बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका सङ्क्रमितमा पछिल्लो २४ घण्टामा विराटनगरमा ४३ जनामा संक्रमण देखिएको हो। जसमा १३ महिला र ३० पुरुष छन्। पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार मोरङको बुढीगंगामा तीन महिला, एक पुरुष र सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जिल्ला बाहिर संक्रमितमा सुनसरीको इटहरीमा पाँच महिला, नौ पुरुष, इनरुवामा एक महिला, तीन पुरुष, बर्जुमा एक महिला, दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा ६ महिला, नौ पुरुष  र गौरीगञ्जकी एक महिलामा संक्रमण देखिएको हो। 

यस्तै तेह्रथुमको म्याङलुङमा चार महिला चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष तथा प्रदेश  बाहिरका एक महिला पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्ममा यस प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९४० पुगेको छ भने उपचार भएर घर फकर्नेको संख्या एक हजार ३८५ पुगेको जनाइएको छ। पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८१ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३५७ जनाको पीसीआर परीक्षण भइ हालसम्ममा ८२ हजार १०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, भदौ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्