Kathmandu Press

कर्णाली अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

कर्णाली अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १० : कर्णाली अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो। 

प्रदेश अस्पतालका अनुसार संक्रमितहरुमा ओपीडीमा कार्यरत २७ वर्षीय पुरुष र अस्पतालमा कार्यरत २९ वर्षीया एक जना महिला रहेकी छन्।

दुई स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आजै अन्य ३५ जना चिकित्सक र कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ। 

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३१९ पुगेको छ।

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्