पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं, भदौ १० : कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए।
प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७३ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
नेपालमा बुधाबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १९ हजार ५०५ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ३८६ जना घर फर्किएका छन्।











