काठमाडौं उपत्यकामा बुधबार थपिए ३०१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १० : काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका २३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। संक्रमितमध्ये १९ हजार ५०५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १७५ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ३८६ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२८ बजे, बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











