Kathmandu Press

थप ८८५  जनामा कोरोना संक्रमण पुष्टि 

थप ८८५  जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदौ १० : नेपालमा थप ८८५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। संक्रमितमध्ये १९ हजार ५०५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाटअहिलेसम्म १७५ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ३८६ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१८ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्