बाँकेमा ५१ सैनिकसहित ७३ जनामा कोरोना संक्रमण

नेपालगञ्ज, भदौ १० : बाँकेमा अहिलेसम्मकै सबैभन्दा बढी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार गरिएको परीक्षणमा ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ।
संक्रमण देखिएकाहरु कोहलपुरका ५१ जना र नेपालगञ्जका २२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
कोहलपुरमा संक्रमण देखिएका सबै सैनिक छन्। उनीहरु मध्यपश्चिम तालिम शिक्षालय कौशिल्या ब्यारेकका सैनिक रहेको उनले बताए।
उनका अनुसार मंगलबार कोहलपुरस्थित ब्यारेकका एक सय जनाको स्बास संकलन गरिएको थियो। उनीहरुमध्ये ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज देखिएका संक्रमितसँगै बाँकेमा संक्रमितको संख्या नौ सय १६ पुगेको छ। त्यसमध्ये ६ सय ६० जना निको भइसकेका छन्।
प्रकाशित मिति: १५:३९ बजे, बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











