पर्साका थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १० : पर्सामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पसष्टि भएको हो। संक्रमितमध्ये चारजना महिला र १५ पुरुष रहेका छन्।
जसमा पर्सागढी नगरपालिकाका १२ जना, वीरगन्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउँपालिकाका एकजना स्थानीयमा संक्रमण पुष्टि भएको हो।
योसहित पर्सामा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ९८ पुगेको छ।
प्रकाशित मिति: १५:१३ बजे, बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











