उच्च अदालत विराटनगरका न्यायाधीशलाई कोरोना

विराटनगर, भदौ १० : उच्च अदालत विराटनगरका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण भएको छ।।
उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले एक न्यायाधीशलाई कोरोना संक्रमण भएको पुष्टि गरे। उनका अनुसार मंगलबार साँझ आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको हो।
उनको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो। उच्च अदालतका ४८ वर्षीय न्यायाधीशसँगै उनका सवारी चालकलाई पनि कोरोना देखिएको सूचना अधिकारी सुवेदीले बताए।
न्यायाधीशका सवारी चालकलाई केही दिनदेखि ज्वरो आएको थियो। सवारी चालकसँगै न्यायाधीश र अंगरक्षकको कोरोना परीक्षण गरिएको थियो। जसमा न्यायाधीश र सवारी चालकलाई कोरोना देखिएको हो।
कोरोना संक्रमण भएपनि कुनै लक्षण नदेएिखको सूचना अधिकारी सुवेदीले बताए। जसले गर्दा न्यायाधीश होम आइसोलेसनमै बसिरहेका छन्। सवारी चालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।











