Kathmandu Press

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

 भक्तपुरमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। 
धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ १० :  भक्तपुरमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत भक्तपुर सूर्यविनायक नगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। ती पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका  प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए। 

उनका अनुसार ती पुरुष तीन दिनअघि अस्पताल भर्ना भएको र स्वास्थ्य परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो।  मुटु र थाइराइडको समस्याबाट पीडित ती पुरुष उपचारका लागि धुलिखेल अस्पताल भर्ना  भएका थिए।

­­­

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्