Kathmandu Press

भरतपुरबाट भागेका संक्रमित युवक नुवाकोटमा समातिए

भरतपुरबाट भागेका संक्रमित युवक नुवाकोटमा समातिए

नुवाकोट, भदौ १० : चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा समातिएका छन्।

उनलाई बुधबार बिहान नुवाकोटको बेलकोटगढी ५ बाट समातिएको प्रहरीले जनाएको छ। प्रहरी टोली जाँच गर्ने क्रममा उनलाई समातिएको हो।

साइकलमा जाँदै गरेको अवस्थामा समातिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटकाले जनाएको छ। उनलाई नुवाकोटकै आइसोलेसनमा राखिएको छ।

उनी चोरीको आरोपमा चितवनमा प्रक्राउ परेका थिए। त्यसपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। भरतपुर अस्पतालको आइसोलेनसमा रहेकै वेला मंगलबार भागेका थिए।

 

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्