धनगढीमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी, भदौ १० : कैलालीको धनगढीसीथत सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार संक्रमितको आज बिहान ८ः३५ बजे मृत्यु भएको हो।
उनी चार दिनदेखि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार गरिरहेका थिए। एकाएक श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमण देखिएपछि मंगलबार नै सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १२:०३ बजे, बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












