Kathmandu Press

विराटनगरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

विराटनगर, भदौ १० : उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएकी एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार विराटनगर १५ मिल्सएरियाकी ४४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो। उनको गएराति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए।

उनलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएकी उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ।

उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। आज बिहान आएको परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।

 

प्रकाशित मिति: १०:४४ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्