Kathmandu Press

धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मीसहित काभ्रेमा १७ जनामा कोरोना

धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मीसहित काभ्रेमा १७ जनामा कोरोना

काभ्रे, भदौ १० : धुलिखेल अस्पतालका तीन स्वास्थ्यकर्मीसहित काभ्रेमा १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

काभ्रेका विभिन्न स्थानमा गरि १७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाले बताए।

सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत तीन जना कर्मचारी छन्। उनीहरुमध्ये २५ र ३७ वर्षका महिला र २६ वर्षका पुरुष रहेका छन्।

त्यस्तै, पनौती नगरपालिकाका ३९ र ४० वर्षका दुई महिला, २०, ३२, ४० र ५५ वर्षका पुरुष छन्। बनेपा नगरपालिकाका चार वर्षीय  एक बालकसहित ५९ वर्षीय पुरुष तथा ९, २८, ३२ र ६० वर्षीया महिला रहेका छन्।

मण्डनदेउपुर नगरपालिका घर भई भुम्लु गाउँपालिकामा कार्यरत वर्ष ३३ का स्वाथ्यकर्मी र मण्डनदेउपुर नगरपालिकाकै वर्ष ४९ का एक महिला रहेको डा.झाले बताए।

योसँगै काभ्रेमा सङ्क्रमितको सङ्ख्या एक सय ६२ पुगेको छ। तीमध्ये ६३ जना निको भएका छन्। अहिले ९७ जना विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उकापचाररत रहेको जनाएको छ।

 

प्रकाशित मिति: १०:२१ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्