Kathmandu Press

गण्डकी प्रदेशमा २० जना सैनिकसहित ३२ जना कोरोना संक्रमित थपिए 

गण्डकी प्रदेशमा २० जना सैनिकसहित ३२ जना कोरोना संक्रमित थपिए 

काठमाडौं, भदौं १० : गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्।

लमजुङमा भेटिएका २३ संक्रमित मध्ये २० जना नेपाली सेनामा कार्यरत रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ। यस्तै एक जना ग्लोबल आइएमई बैकका कर्मचारी रहेका छन्।

यसैगरी नवलपरासी वर्दघाट सुस्तामा ७ जना र कास्कीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ पुगेको छ  । 
 

प्रकाशित मिति: ०९:२१ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्