नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, भदौं १० : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति करिब ९ बजे मृत्यु भएको हो । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यस्तै, नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जना पुरुषको निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
मृतकको दुबै फोक्सोमा निमोनिया भएपछि उनी गत भदौ ८ गते अस्पतालमा भर्ना भएका थिए । यो सँगै बाँके जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
प्रकाशित मिति: ०८:२० बजे, बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











