Kathmandu Press

अर्घाखाँचीमा भदौ १७ गतेसम्म लम्बियो निषेधाज्ञा 

अर्घाखाँचीमा भदौ १७ गतेसम्म लम्बियो निषेधाज्ञा 

अर्घाखाँची, भदौं १० : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भदौ १७ गतेसम्म  निषेधाज्ञा थप गरेको छ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि भदौ ३ देखि १० गते बुधबारसम्म निषेधाज्ञा थियो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन्। तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म, डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए।

पछिल्लो समय जिल्लामा दुई स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अर्घाखाँची अस्पतालमा सोमबारदेखि आकस्मिक र प्रसूति सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। 

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्