सलमानलाई विश्वकप क्रिकेटले तनाव
काठमाडौं, वैशाख ६ : बलिउड स्टार सलमान खानको हरेक वर्ष इदमा नयाा फिल्म आउने गरेको छ। यस वर्षको इदमा पनि ‘भारत’ फिल्म आउँदै छ।
यो ....

काठमाडौं, वैशाख ६ : बलिउड स्टार सलमान खानको हरेक वर्ष इदमा नयाा फिल्म आउने गरेको छ। यस वर्षको इदमा पनि ‘भारत’ फिल्म आउँदै छ।
यो वर्ष इद आर्थात जुन ५ मा रिलिज हुने उनको एक्लो फिल्म बन्दै छ, ‘भारत’ । उसो त उनका फिल्मलाई अरुले टक्कर दिन सकिराखेका छैनन्।
अहिले केही पोस्टरसँगै टिजर रिलिज भएको छ। जसले पनि दर्शकमा उत्सुकता थपेको छ।
राम्रो प्रमोसन भइरहेको ‘भारत’ फिल्मले पहिलो दिन दर्शक पाउनेमा सलमान ढुक्क छैनन्। किनकी त्यही दिन विश्वकप–२०१९ मा भारतीय क्रिकेट टिमले पहिलो प्रतिस्पर्धा गर्दै छ। भारत पहिलो खेलमा साउथ अफ्रिकासँग भिड्ने छ।
जसका कारण भारतीय दर्शक हल नआउने चिन्ता बढेको छ, सलमानलाई। फिल्म ‘भारत’को टिम पनि विश्वकपका कारण पहिलो दिनको कलेक्सन सोचेअनुसार, नहुनेमा चिन्तित छ।
अहिलेसम्म भने उनका हरेक फिल्मले ‘ओपनिङ’मा बम्पर कलेक्सन गर्दै आएका थिए।
यसमा सलमानसँगै क्याट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवरलगायतको अभियन रहेको छ।












