थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ८ : नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, भदौ ८ : नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२१ बजे, सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











