Kathmandu Press

गत २४ घण्टामा थप आठ सय १८ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ७ : नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइबार व

गत २४ घण्टामा थप आठ सय १८ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ७ : नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार  ९३५  पुगेको छ। संक्रमितमध्ये १८ हजार ६३१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार आइबारमात्रै २८१ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्