Kathmandu Press

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ६ :  नेपालमा थप  ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। <

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ६ :  नेपालमा थप  ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७  पुगेको छ। संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १३६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्