Kathmandu Press

माधव नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, भदौ ६ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकु

माधव नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
फाइल

काठमाडौं, भदौ ६ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपालका पीएसओ र पछुवा गाडीका चालकसहित ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। तर, नेता नेपाल र उनका परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले जानकारी दिए। 

बिहीबार गरिएको स्वाब संकलनको रिपोर्ट शुक्रबार राति आएको उनले बताए। ‘बिहीबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो,’ उनले भने,‘रिपोर्ट आउँदा पीएसओसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।’ 

उनले संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा पठाइसकिएको बताए। 
 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्