Kathmandu Press

मुलुकको क्षमता : भेन्टिलेटर ८ सय ४०, आईसीयू बेड १५ सय मात्रै

काठमाडौं, भदौ ६ : कोरोना संक्रमणको ग्राफ बढ्दै  गए नेपालको मेडिकल प्रणालीले धान्नै नसक्ने विज्ञ

मुलुकको क्षमता : भेन्टिलेटर ८ सय ४०, आईसीयू बेड १५ सय मात्रै

काठमाडौं, भदौ ६ : कोरोना संक्रमणको ग्राफ बढ्दै  गए नेपालको मेडिकल प्रणालीले धान्नै नसक्ने विज्ञहरुले बताएका छन् ।

शुक्रबारसम्मको तथ्यांक अनुसार ३० हजार ४ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। काठमाडौं उपत्यका, पर्सा, मोरङ, सर्लाही, महोत्तरी र रौतहट लगायतका जिल्लामा कोरोना संक्रमणको ग्राफ बढ्दो छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मुलुकभरका अस्पतालको बेड संख्या २६ हजार ९ सय ३० मात्रै छ। जसमध्ये आईसीयू बेड १ हजार ५ सय ९५ वटा छन्। भेन्टिलेटरको संख्या ८ सय ४० मात्रै छ।

यद्यपी स्वास्थ्य मन्त्रालयले भेन्टिलेटरको संख्या थप्ने तयारी भइरहेको जनाएको छ। देशभर आईसीयूको सुविधा भएका अस्पतालको संख्या १ सय ९४ छ।  १ सय ११ अस्पतालमा मात्रै कोभिड क्लिनिक सञ्चालनमा छ।

यस्तै, कोरोना संक्रमितको उपचारका लागि सरकारले अस्पताललाई तीन वटा श्रेणीमा विभाजन गरेको छ। यसरी श्रेणी छुट्याइएका अस्पतालमा लेभल वान कोभिड अस्पतालको संख्या १३ वटा छ। लभेल टु अस्पतालको संख्या १२ र लभेल थ्री कोभिड अस्पतालको संख्या तीन वटा छ। अहिले देशभर आइसोलेसन बेड तीन हजार ३६ रहेको छ।

संक्रमण बढिरहेका बेला अहिले नै स्रोतसाधनले नधान्ने स्थिति देखा परेको बेला अझ बढ्दै गए भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरुले सरकारलाई सचेत गराउँदै आएका छन्।

पछिल्लो समय लक्षणसहितका बिरामी थपिएकाले आईसीयू र भेन्टिलेटरमा उपचार गर्नु पर्नेको संख्या समेत बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।  यही अवस्थालाई मध्यनजर राखेर प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले सरकालाई १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिइसकेको छ। सोही बाराबरको आईसीयू बेड थप्न र ७७ जिल्ला सदरमुकाममा पीसीआर परीक्षणको प्रबन्ध मिलाउन निर्देशन समेत दिइसकेको छ।

पछिल्लो केही साता यता काठमाडौं उपत्यका, मोरङ, पर्सा लगायतका स्थानमा कोरोना संक्रमणको ग्राफ बढिरहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ छ। जसमध्ये ८ हजार ५ सय ४६ जना संस्थागत आइसोलेसनमा र ३ हजार ५ सय ८३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले १ सय ३३ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा छन्। संक्रमित मध्ये १८ हजार २ सय १४ जना कोरोनाबाट निको भएका छन्।  
 

प्रकाशित मिति: ११:३० बजे, शनिबार, भदौ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्