काठमाडाैं उपत्यकामा थपिए १८२ जना कोरोना संक्रमित
काठमाडौं, भदौ ५ : काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। <

काठमाडौं, भदौ ५ : काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै २५० जना कोरोनालाई जितेर घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











