Kathmandu Press

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ५ : नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शु

 थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ५ : नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १३७ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै २५० जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्