काठमाडाैंमा कोरोना संक्रमित पुरूषको मृत्यु
काठमाडौं, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।

काठमाडौं, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सशस्त्र प्रहरीको बलुम्बीस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको मृत्यु भएको हो। साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि ग्रिनसिटी अस्पतालमा भर्ना भएका ती वृद्धलाई बिहीबारमात्रै एपीएफ अस्पताल लगिएको थियो।
सप्तरीको राजविराजबाट काठमाडौं आएपछि ती वृद्धले कोरोना परीक्षणका लागि वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका थिए। स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएपछि सुरुमा उनी ग्रिनसिटी अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











