कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु
वीरगञ्ज, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।
कोरोना

वीरगञ्ज, भदौ ५ : कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
गत साउन ३२ गते कोरोना पुष्टि भएपछि ती पुरुषलाई वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो। ती पुरुष हाइपरटेन्सन र उच्च रक्तचापका बिरामी पनि रहेको अस्पतालले जनाएको छ।
योसँगै पर्सामा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











