Kathmandu Press

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ५ : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भ

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ५ : ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको आज बिहान मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका दुई जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले जनाएको छ। केन्द्रले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि दुई जनाको मृत्यु भएको सार्वजनिक गरेको हो।

केन्द्रका अनुसार उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो। उनी भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन्।

उनलाई पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डा.रवि शाक्यले बताए।

त्यस्तै, पाटन अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको पनि शुक्रबार बिहान मृत्यु भएको केन्द्रले जनाएको छ।

उनी साउन ३१ गते पाटन अस्पताल भर्ना भएका थिए। उनलाई भने कोरोनाबाहेक अन्य रोग नदेखिएको निर्देशक डा.शाक्यले बताए।

यस अघि आज बिहान बुटबल अस्पतालमा उपचाररत एक जना बृद्धको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ।

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्