पर्सामा कोरोना संक्रमित ४० वर्षीया महिलाको मृत्यु
वीरगञ्ज, भदौ ३ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना

वीरगञ्ज, भदौ ३ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिकी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना भएकी ती महिलाको बुधबार दिउँसो मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।
ती महिलामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १९:११ बजे, बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











