काठमाडौं उपत्यकामा थपिए १५९ जना कोरोना संक्रमित
काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं, भदौ ३ : काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १३४, ललितपुरका १७ र भक्तपुरमा ८ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२३ बजे, बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











