Kathmandu Press

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ३ :  नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

ब

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि
फाइल

काठमाडौं, भदौ ३ :  नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ। संक्रमितमध्ये १७ हजार ७०० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै १२० जना कोरोनालाई जितेर घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्