बाढीले बगाएर अछामको रामारो" />बाढीले बगाएर अछामको रामारो" />बाढीले बगाएर अछामको रामारो">

बाढीले बगाएर अछाममा चार मृत्यु, १८ जना बेपत्ता

मंगलसेन, भदौ ३ : बाढीले बगाएर अछामको रामारो

बाढीले बगाएर अछाममा चार मृत्यु, १८ जना बेपत्ता
रासस

मंगलसेन, भदौ ३ : बाढीले बगाएर अछामको रामारोसन गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्। बाढीले थुपै घर तथा पुल बगाएको छ।

गएराति कैलाश खोलामा आएको रामरोशन गाउँपालिका ५ का १६ घर बगाएको हो। जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार घरसँगै स्थानीय वासिन्दा पनि बगेका छन्।

बुधबार बिहान चार जनाको शव भेटिएको छ। बाढीले बगाउँदा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, अछामका डीएसपी योगेन्द्र सिंह थापाले बताए। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाढीले दर्जनभन्दा बढी पुल बगाएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी टोली गाउँमा पुग्न समय लाग्ने अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार, कयौं सर्वसाधारण घाइते भएका छन्।

उनीहरुको हेलिकप्टरबाट उद्धारका गर्नका लागि प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको प्रजिअ उपाध्यायले बताए।

प्रकाशित मिति: १०:०८ बजे, बुधबार, भदौ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्