मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
विराटनगर, भदौ १ : मोरङ कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
वि

विराटनगर, भदौ १ : मोरङ कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षीयका पुरुषको सोमबार साँझ उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो।
ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि आइतबार कोशी अस्पताल भर्ना भएका थिए। भर्ना हुनासाथ अस्पतालले आइसोलेसनमा राखेर उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाएको थियो।
सोमबार दिउँसो मात्रै उनमा कोरोनाको संक्रमण पुष्टि भएको र साँझ साढे ५ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
योसँगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।
प्रकाशित मिति: १९:२९ बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











