Kathmandu Press

एसईईको परीक्षाफल सार्वजनिक 

काठमाडौं, भदौ १  :  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल स

एसईईको परीक्षाफल सार्वजनिक 

काठमाडौं, भदौ १  :  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको छ। 

सोमबार अपरान्ह बसेको बोर्डको बैठकले एसईईको परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेले जानकारी दिए।

खकुरेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ७२ हजार ७८ जना विद्यार्थीको परीक्षाफल सार्वजनिक गरिएको छ। 

गत चैत ६ गतेदेखि सञ्चालन हुने गरी तय भएको एसईई परीक्षा कोरोना भाइरसको महामारी फैलिएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। कोरोना महामारीकै कारण परीक्षा नहुने भएपछि  विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो।

परीक्षाको मूल्यांकन गरेर विद्यालयहरूले जिल्ला समन्वय इकाईमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए। 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्