Kathmandu Press

कोरोनाबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु

काठमाडौं, भदौ १ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

<
कोरोनाबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु

काठमाडौं, भदौ १ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप तीन जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।  

सोमबार नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।
 

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्