काठमाडौं उपत्यकामा थपिए १६८ जना कोरोना संक्रमित
काठमाडौं, भदौ १ : काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। <

काठमाडौं, भदौ १ : काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ४९५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १०७ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १६० जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२८ बजे, सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











