Kathmandu Press

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु

काठमाडौं, भदौ १ : धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

धनौजी गाउँपाल

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु
फाइल

काठमाडौं, भदौ १ : धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

धनौजी गाउँपालिका–३, कटैयाका ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु  भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। 

उनका अनुसार ती पुरुष गत साउन २६ गते अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना हुनासाथ स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र साउन ३१ गते उनमा कोरोना पुष्टि भएको थियो।

योसँगै धनुषामा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
 

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्